किसान सुचिकरण कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण गोष्ठी त्रिवेणीमा सम्पन्न
किसान सुचिकरण कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ । गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधीहरुको लागी एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा त्रिवेणीका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सिता खड्का पुन तथा ६ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको उपस्थिती रहेको थियो । गाउँपालिकाले गत आ.व. देखि जिल्लामै पहिलो पटक किसान सुचिकरणको कार्यक्रम सुरु गरेको थियो । अहिलेससम्म पालिकाले २ हजार ३ सय ४३ जनाको विवरण वेवसाईटमा प्रविष्ट गरिसकेको छ । कार्यक्रमको संचालन तथा कार्यक्रमको बारेमा प्रस्ट पशु सेवा शाखा प्रमुख वसन्त रावतले गर्नुभएको थियो । किसान सुचिकरण पश्चात पालिकाले किसान परिचयपत्र वितरण कार्यक्रम गर्ने जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषकलाई कृषक हुनुको पहिचान प्रदान गर्न, तिनै तहका सरकारका लागी कृषि सम्बन्धि योजना, कार्यक्रम तथा निति निर्माण गर्न तथा कृषकहरुले प्राप्त गर्ने सुविधाहररुको दोहोरोपना न्युनिकरण गर्नका लागी किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात भएको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह