नेपाल निजामती कर्मचारी युनियन त्रिवेणी गाउँपालिका सल्यानद्वारा जनप्रतिनिधिहरुलाई बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न

   
त्रिवेणी अनलाइन
१५ जेष्ठ २०७९, आईतवार २०:५३ मा
[Sassy_Social_Share total_shares="ON"]

नेपाल निजामती कर्मचारी युनियन त्रिवेणी गाउँपालिका सल्यानले जनप्रतिनिधिहरुलाई बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । वडा नं ३ म रहेको पाथिहाल्ना छहरा तथा पार्कमा एक कार्यक्रम गरि निवर्तमान र नवनिर्वाचित जनप्रतिनिधिलाई मायाको चिनो प्रदान गरि कार्यक्रम सप्पन्न गरेको हो । नेपाल निजामती कर्मचारी युनियन त्रिवेनी गाउँपालिकाको अध्यक्ष तारा बहादुर बस्नेतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा त्रिवेणी गाउँपालिकाका निवर्तमान अध्यक्ष मान बहादुर डांगी, उपाध्यक्ष करुणा खड्का, वडा नं ३ का वडाअध्यक्ष हुकुम महतारा, वडा नं ६ का वडाअध्यक्ष मान बहादुर वलिलाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेको छ । यस्तै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन, वडा नं १ का वडाअध्यक्ष दल बहादुर बस्नेत, वडा नं ३ का वडाअध्यक्ष कर्णदेब डांगी कमल, वडा नं ४ का वडाअध्यक्ष छबिराज शर्मा, वडा नं ५ का वडाअध्यक्ष बिमल रावत र वडा सदस्यहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी, उपमेयर सुस्मिता सुनार सापकोटा, नि. प्रमुख प्रशाशकिय अधिकृत लिलाधर बबालको उपस्थिति रहेको थियो । नेपाल निजामती कर्मचारी युनियन सल्यानका सल्लाहकार प्रभात कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब शंकर रानाले गर्नु भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष मान बहादुर डांगी, उपाध्यक्ष करुना खड्का, नवनिर्वाचित अध्यक्ष खिम बहादुर रावत, नेपाल निजामती कर्मचारी युनियन सल्यानका सचिव महेन्द्र बस्नेत लगायतले मन्तव्य राख्नु भएको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu