हराएको तारा एयरको विमानमा १६ नेपाली र ६ विदेशी
१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।
प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।
९ एन(एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।
जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- किसान सुचिकरण कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण गोष्ठी त्रिवेणीमा सम्पन्न
- आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
- नेपाल निजामती कर्मचारी युनियन त्रिवेणी गाउँपालिका सल्यानद्वारा जनप्रतिनिधिहरुलाई बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न
- मुस्ताङको घाँसामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको जहाज
- हराएको तारा एयरको विमानमा १६ नेपाली र ६ विदेशी
- सल्यानमा नुहाउने क्रममा पानीमा डुवेर मृत्यु
धेरैले पढेको