सल्यानमा नुहाउने क्रममा पानीमा डुवेर मृत्यु

   
त्रिवेणी अनलाइन
१४ जेष्ठ २०७९, शनिबार २१:०८ मा

सल्यानमा नुहाउन गएका पुरुषको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १४ च्याउखोलाका अन्दाजी ३७ वर्षीय बहादुर शाहीको सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौर स्थित शारदा नदीमा नुहाउने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको हो ।

स्थानीयको मलामी गएका उनको नुहाउने क्रममा खाल्डोमा परी धेरै पानी खाएको र उपचारको क्रममा सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । शव पोष्ट मार्टमका लागि अस्पतालमा नै राखिएको उनको भनाई छ ।

तपाइँको प्रतिक्रिया
Array