त्रिवेणीमा कुटपिट आरोपमा एमाले सल्यानका पाँच कार्यकर्ता पक्राउ

   
त्रिवेणी अनलाइन
१२ जेष्ठ २०७९, बिहीबार ०८:४० मा

सल्यानको त्रिवेणी गाउँपालिका २ राजागिठीमा कांग्रेसका कार्यकर्ता ३७ वर्षीय खिमबहादुर पुनलाई कुटपिट गरेको आरोपमा एमालेका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका २ राजागिठीका ३४ वर्षीय सोबबहादुर पुन, १६ वर्षीय धिरज राम्जा, ३० वर्षीय जोगेन्द्र नेपाली, २० वर्षीय प्रकास नेपाली र ४५ वर्षीय इन्द्रबहादुर पुन रहेका छन् ।
खिमबहादुर पुनलाई लाठी प्रहार गरेर कुटपिट गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन्। एमालेबाट विजयी भएका त्रिवेणी गाउँपालिका २ का वडा अध्यक्ष हस्तबहादुर रामजाले आफ्नै घरमा विजयी भएको खुसियालीमा भोजको व्यवस्था गरेका बेला भोज सम्पन्न भएर घर फर्कने क्रममा नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ सुमित खड्काले बताए ।

May be an image of 1 person, sitting and indoor
घाइते खिमबहादुर पुनको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको र टाउकोमा गहिरो चोट लागेपछि जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको उनले जानकारी दिए ।
उनका अनुसार पक्राउमा परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको र थप अनुसन्धान भइरहेको छ । कुटपिट गर्नेले मदिरा सेवन गरेको आशंका गरिएको छ ।
चुनाव जितेको खुसियालीमा भोज खान गएका व्यक्तिलाई बिना कारण कुटपिट गर्नेलाई कडा कारबाही गर्न कांग्रेस सल्यानले आग्रह गरेको छ । आगामी दिनमा यस्ता गतिविधि नगर्न पनि सचेत गराइएको छ ।

May be an image of 4 people, people sitting and indoor

तपाइँको प्रतिक्रिया
Array