त्रिवेणी ४ फलावाङमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
जेठ ११,सल्यान
सल्यानको त्रिवेणी गाउँपालिका ४ फलावाङमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजना र त्रिवेणी गाउँपालिकाको समन्वयमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा बाख्रा, कुखुरा,भैसीलाई निःशुल्क उपचार गरिनुका साथै औषधी समेत वितरण गरिएको छ । शिविरमा १ ७५ कृषकका १९८० बाख्रा, १०३० कुखुरा, १५० भैसीलाई निःशुल्क औषधी वितरण गरिएको त्रिवेणी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । शिविरमा विशेषज्ञ सेवा सहित उपचार, बाख्रामा डिपिङ्ग ड्रेचिङ, पशु बन्ध्याकरण, निशूलक रेविज विरुद्धको खोप सेवा प्रदान गरिएको उनको भनाई छ ।
२७ कुकुरमा निशुल्क रेविज विरुद्धको खोप लगाइएको रावतले बताए । त्रिवेणी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष खिम बहादुर रावतले पहिलो सेवाग्राहीलाई औषधी प्रदान गरेर शिविरको उद्घाटन गरेका थिए ।
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न