सल्यानमा प्रहरी जवान केसि मृत फेला, अनुसन्धान सुरु
१५ चैत, सल्यान :
सल्यानमा एक प्रहरी जवान मृत अबस्थामा फेला परेका छ्न। ईप्रका श्रीनगरमा कार्यरत प्रहरि जवान पवन केसि मृत फेला परेका हुन।
ईप्रका श्रीनगरको कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अबस्थामा केसिको शब भेटिएको हो।
गएराती १० बजेदेखि २ बजेसम्म ईप्रका श्रीनगरको मेनगेटमा डिउटिमा रहेका केसि आज बिहान मृत अबस्थामा फेला परेको प्रहरिले बताएको छ।
घटनाको कारण नखुलेपनी ३० मिटर छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
आज बिहान स्थानीय एक महिलाले शब देखेपछी प्रहरिलाई खबर गरेकि थिईन। मृतक प्रहरी जवान केसि पश्चिम् रुकुमको मुसिकोट-१३ छिवाङका हुन।
घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
अहिले घटनास्थलमा सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्का पुगेको छ्न।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
धेरैले पढेको