सल्यानमा प्रहरी जवान केसि मृत फेला, अनुसन्धान सुरु

१५ चैत्र २०७८, मंगलवार ०८:४४ मा प्रकाशित

१५ चैत, सल्यान :
सल्यानमा एक प्रहरी जवान मृत अबस्थामा फेला परेका छ्न। ईप्रका श्रीनगरमा कार्यरत प्रहरि जवान पवन केसि मृत फेला परेका हुन।

ईप्रका श्रीनगरको कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अबस्थामा केसिको शब भेटिएको हो।

गएराती १० बजेदेखि २ बजेसम्म ईप्रका श्रीनगरको मेनगेटमा डिउटिमा रहेका केसि आज बिहान मृत अबस्थामा फेला परेको प्रहरिले बताएको छ।
घटनाको कारण नखुलेपनी ३० मिटर छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

आज बिहान स्थानीय एक महिलाले शब देखेपछी प्रहरिलाई खबर गरेकि थिईन। मृतक प्रहरी जवान केसि पश्चिम् रुकुमको मुसिकोट-१३ छिवाङका हुन।

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
अहिले घटनास्थलमा सल्यानका प्रहरी प्रमुख डिएसपी  सुमित खड्का पुगेको छ्न।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu