त्रिवेणी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा १ दिने पशु शिविर वडा नं. को कोलचौरमा सम्पन्न
फागुन ११,सल्यान
त्रिवेणी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा १ दिने पशु शिविर वडा नं. को कोलचौरमा सम्पन्न भएको छ ।
उक्त शिविरमा बाख्रा, कुखुरा, बङ्गुर, गाई गोरु, कुकुर बिरालोलाई उपचार गरिनुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको छ । शिविरमा ८१ कृषकका ५सय ९१ बाख्रा, १ सय २३ गाई गोरु, ५ सय ९२ कुखुरा, ४२ बङ्गुर र २० कुकुर बिरालोलाई रेबिज खोप, उपचार तथा निःशुल्क औषधी वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाका प्रमुख वसन्त रावतले जानकारी दिनुभयो ।
शाखाको सेवा क्षेत्र भन्दा टाढा रहेका बस्तीहरूमा पशु सेवा शाखाको पहुँच पुर्याउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको रावतको भनाई छ । शिविरमा किसानहरूलाई पशुहरूमा लाग्ने रोग सम्बन्धी प्रवर्द्धनात्मक ज्ञान दिने काम पनि भएको उहाले बताउनु भयो ।
यस प्रकारका शिविरहरू पशु पालक किसानका लागि आवश्यक रहेको १ न वडाध्यक्ष छविलाल खत्रीले बताउनु भयो । शिविरमा किसानहरूका पशुको स्वास्थ्य परीक्षण, उपचार र औषधी वितरण गर्ने काम भएको उहाले बताउनु भयो ।
यस प्रकारको पशु शिविर वडा न ५ को सिक्क र वडा न ४ को फलावाङ पनि सञ्चालन गरिने पशु सेवा शाखा कार्यालयले जनाएको छ ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।