त्रिबेणी गाउँपालिकामा पालिका स्तरिय पोषण तथा खाद्य सुरुक्षा निर्देशक समितिको वैठक सम्पन्न

   
त्रिवेणी अनलाइन
२९ पुष २०७८, बिहीबार १९:२५ मा
[Sassy_Social_Share total_shares="ON"]

पौष २९, सल्यान
त्रिबेणी गाउपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितीको बैठक समितीका अध्यक्ष एवं गाउपालिका अध्यक्ष श्री मान बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकमा गाउपालिका उपाध्यक्ष एवं समितीका उपाध्यक्ष करुणा खड्का, प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुन लगाएत समितीका सबै सदस्यहरु सहभागी भएको बैठकमा सुआहारा कार्यक्रमले आबश्यक प्राबिधिक सहयोग गरेको थियो । बैठकमा उपस्थित सहभागीहरुलाई सुआहारा कार्यक्रमका बरिष्ठ प्राबिधिक संयोजक निरज केसीले पोषणको महत्व, अवश्यकता, मानब जीवनमा अधिक र न्यून पोषणको प्रभाब, स्वस्थ रहनको लागी दैनिक आबश्यक पर्ने पोषणको मात्रा लगाएका बिषयमा प्रकाश पार्नु भएको थियो । बैठकमा स्वास्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकार भन्ने नारालाई पुरा गर्ने उद्देश्यले आ.ब. २०७८/७९ का लागी बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पालिकामा प्राप्त स्वीकृत बजेट (३२,४१,५००) लाई कार्यक्रमको मार्गदर्शन अनुसार सबै बिषयगत शाखाहरुलाई बिनियोजन गरिएको थियो ।
उक्त बैठकको अवसरमा दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमको प्राबिधिक सहयोगमा २०७६ माघ ७ र ८ गते सम्पन्न पालिका स्तरिय एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठीको अवसरमा तयार गरिएका प्रतिबद्धताहरुको कार्यान्वयनको अवस्थाको वारेमा समिक्षा गरीएको थियो । समिक्षाको क्रममा पालिका अन्तर्गत सबै विषयगत शाखाका प्रमुखहरुले आ–आफ्नो शाखाबाट सम्पन्न गरिएका क्रियाकलापहरुको प्रस्तुतिकरण गर्नु भएको थियो भने दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीले सबै बिषयगत शाखाहरु अन्र्तगत अघिल्लो आर्थिक बर्ष र चालु आ.ब. को बार्षिक कार्यक्रम तथा वजेटमा समाबेश भएका क्रियाकलापहरु र प्रतिबद्धता बिच तुलना गरि प्रस्तुतिकरण गर्नु भएको थियो जस अनुसार जम्मा प्रतिवद्धताको ६० प्रतिशत प्रतिवद्धताहरुको नीति तथा कार्यक्रममा सम्बोधन भएको देखियो ।
बैठक समापनको क्रममा बोल्दै समितीका अध्यक्ष तथा पालिका अध्यक्ष मान बहादर डाँगीले पोषण सुधारको लागी असल व्यवहार र आनी बानी परिबर्तनको महत्व रहेको बताउदै गाउपालिकाका सबै जिम्मेवार व्यक्ति तथा संरचना (पालिकाको नीति निमार्ण गर्ने तह देखि कार्यान्वयन गर्ने तह र सेवाग्राहीहरु) हरुको बराबर भुमिका हुने कुरा व्यक्त गर्नु भयो । बैठकको संचालन त्रिबेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले गर्नु भएको थियो ।No description available.

No description available.No description available.No description available.No description available.No description available.

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu