कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित
१६-मंसिर/ नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन स्थगित भएको जनाएको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरेर अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरिएको जनाएको हो ।
‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ । १६ जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
धेरैले पढेको