त्रिवेणी अनलाइन
४ मंसिर २०७८, शनिबार ११:३१ मा

मंसिर ४, सल्यान

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सल्यानको दुई प्रदेश निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयनको लागी सम्पन्न भएको निर्वाचन मध्ये प्रदेश सभा ९ख० को मत गणना सकिएको छ ।

मत परिणाम अनुसार सल्यान प्रदेश सभा ९ख० मा सुरेश अधिकारीको पुरै प्यानल निर्वाचित भएको छ । मत परिणाम अनुसार प्रतिद्वन्दी उम्मेदवार वीर बहादुर सेजवाललाई ४२ मतको अन्तरले अधिकारीले पराजित गरेका हुन ।

प्रदेश सभा ९ख० को निर्वाचनमा जम्मा ५९९ मत खसेको मध्ये सभापति सुरेश अधिकारी ३१२, उपसभापती गिरिराज ओलि ३१५, रिषी राम खत्री २६९, सचिव अनिल सिह २८१, श्याम कृष्ण महातरा २९५, सहसचीव प्रीयबत्र श्रेष्ठ ३०१, होमसिङ बोहरा २९८ रहेको छ ।

त्यस्तै विपक्षी टिमका सभापति वीर बहादुर सेजवाल २७०, उपसभापति पेशल सिङ डाँगी २१४, पुर्ण बहादुर भण्डारी २४७, सचिव शोभाकर राणा २४८, मेघ राज भण्डारी २६२, सहसचीव ढाक बहादुर चन्द २४०, रोहित देबकोटा २३१ रहेको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu