सल्यानमा भएको बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, ३ जनालाइ थप उपचारको लागी हेलिकोप्टरबाट कोहलपुर लगियो
सल्यानमा आइतबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । ज्यान गुमाउने मध्ये ९ जनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ३ जनाको श्रीनगरमा राखिएको छ । ज्यान गुमाउने कसैको पनि परिचय खुलेको छैन । यस्तै घटनामा घाइते भएका मध्ये गम्भिर ३ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको छ ।
अन्य केहि घाइतेहरुलाइ पनि थप उपचारको लागी हेलिकोप्टरबाट बाहिर पठाउने तयार िभैरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले बताउनुभयो ।सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको ना २ ख २५५२ नम्बरको दुर्घटनामा परेको बस सडकबाट २ सय मिटर तल खसेको बताउनुभयो । बसमा ३६ जना यात्रु रहेको बताइएको छ । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरका लागी छुटेको आउँदै गरेको ;बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।
घाइतेहरूको तुलसिपुर, सल्यानको श्रीनगर र जिल्ल अस्पताल सल्यानमा उपचार भैरहेको छ । अस्पतालमा ठाउँ अभावका कारण उपचारमा समस्या भएको छ । घाइते मध्ये शानपा २ की २६ वर्षिय शिजन खान, भरतपुर दाङ की ३ वर्षिय रोजी वली, शानपा २ का ४९ वर्षिय टोपेन्द्र वली, तुलसिपुरकी २१ वर्षिया रूक्मिना घर्ति, तुलसिपुरका २१ वर्षिय भुवन डाँगी, शानपा २ का २६ वर्षिय रविन कुमार खान, हापुरे दाङकी २१ वर्षिय तिला वली, तुलसिपुर वेलवाका २१ वर्षिय विषण डाँगी, फलावाङकी २९ वर्षिया हिरा कुमारी वोहरा र लुहामका २१ वर्षिय पोषण गिरीको परिचय खुलेको छ । उनिहरूको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
घटनाको थप विवरण आउन वाँकी छ ।
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक