त्रिबेणी गाउँपालिकाद्धारा सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज वितरण
सल्यानको त्रिबेणी गाउँपालिकालले सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज वितरण गरेको छ । गाउँपालिका भित्र रहेको १ हजार गर्भवती तथा दुई वर्षमुनिका बच्चाका आमालाई एक क्यारेट अन्डा, साबुन, ब्रस मंजन, क्यालेन्डर, नङकटका साथै तरकारीको बिउ समेत वितरण गरेको हो ।
बच्चाको ८०प्रतिशत वृद्धिविकास गर्भावस्थादेखि दुई वर्षको बिचमा हुने भएकाले सुनौलो हजार दिनका आमाहरुका लागि सन्तुलित र पौष्टिक तत्वयुक्त खानपिनका लागि रकम वितरण गरिएको गाउँपालिका अभ्यक्ष मान बहादुर डांगीले बताउनु भयो ।
पोषणको अभावमा कुपोषण हुन सक्ने भन्दै गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सबै सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताउनुभयो ।
सन्तुलित र पोषणयुक्त खानपिनको अभावमा धेरै बालबालिका कुपोषणको शिकार भइरहेकाले कुपोषणबाट मुक्ति दिलाउन पौष्टिकतत्वयुक्त खानपिनमा जोड दिइरहेको उपाध्यक्ष करुणा खड्काले बताउनु भयो ।
यसअघि पनि गाउँपालिकाले सुनौला हजार दिनका करिब ७ सय आमाहरुलाई कुखराका चल्ला बितरण गरेको थियो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह