त्रिबेणी गाउँपालिकाद्धारा ३६ महिला स्वास्थ्य स्वयं सेविकालाई स्वास्थ्य सामग्री प्रदान
सल्यानको त्रिबेणी गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ को सन्दर्भ पारेर गाउँपालिकाका टोल टोलमा खटिएर स्वास्थ्य क्षेत्रमा अग्रनी भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयं सेविकाहरुसँग छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी र उपाध्यक्ष करुणा खड्काले स्वास्थ्य क्षेत्रलाई माथि उकास्नको लागि महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । सो अबशरमा गाउपालिकामा रहेका ३६ जना स्वास्थ्य स्वयं सेविकाहरुलाई यातायात खर्च, पोशाक खर्च, मासिक बैठक खर्च, गाउघर क्लिनिकमा गएबाफत, सञ्चार खर्च लगाएतको रकम प्रदान गरिएको थियो । सोही कार्यक्रममा उनीहरुलाई झोला, छाता, मास्क, सेनिटाइजर पनि वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्री सहित बिभिन्न खर्चपाएपछि उनीहरु खुसी भएका छ
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न