सल्यानमा खोलामा मृत भेटिएकी महिलाको घाँटी थिचेर हत्या : प्रहरी
सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ गौतेकी ३० वर्षीया खिमा खड्काको घाँटी थिचेर हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।
गत असार १ गते बिहान स्थानीय ठोलो खोलामा उनी मृत भेटिएकी थिइन्। आइतबार आएको पोष्टमार्टम रिपोर्टमा उनको घाँटी थिचेर हत्या भएको भन्ने देखिएको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए।
‘पोष्टमार्टम रिपोर्टले खड्काको मृत्यु घाँटी थिचेर भएको सम्भावना देखाएको छ। अब हामी थप अनुसन्धानमा जुट्नुपर्ने भएको छ,’ उनले भने। प्रहरीका अनुसार जेठ ३१ गते बेलुकादेखि खड्का सम्पर्कविहीन थिइन्। रोजगारीको सिलसिलामा आठ महिना अगाडिदेखि भारतको सिमला बस्दै आएका खड्काको श्रीमान् खिमबहादुर खड्का श्रीमतीको मृत्युको खबरपछि शुक्रबार घर आएका छन् ।
खड्काको परिवारले खिमाको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। बलात्कार भएको हो कि होइन भन्नेबारे रिपोर्ट आएपछि मात्रै भन्न मिल्ने थापाले बताए। परिवारका सदस्यले शनिबार जिल्ला अस्पताल खलंगाबाट खिमाको शव बुझेर अन्तिम संस्कार गरेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न