बागचौर नगरपालिकाले सञ्चालनमा ल्यायो २५ शय्याको आइसोलेसन
जिल्लाको बागचौर नगरपालिकाले २५ शय्याको अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा आएको छ । कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न नगरपालिकाले आफ्नै नयाँ भवनमा आइसोलेसन निमार्ण गरेको हो ।
आइसोलेसनमा ३८ वटा ठूला अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिने मेयर लोकमान बुढाथोकीले बताए । अहिले ८ वटा सिलिन्डर सञ्चालनमा ल्याएको र बाँकी आउँदै गरेको उनको भनाई छ ।
नगरपालिकाले निमाण गरेको आइसोलेसनमा २० वटा अक्सिजन सिलिन्डर आफ्नो व्यक्तिगत रुपमा उपलब्ध गराउने समेत मेयर बुढाथोकीले बताए । अहिले ८ वटा सिलिन्डर आइसकेको र बाँकी १२ वटा सिलिन्डर आउँदै गरेको उनको भनाई छ । आफूले पाउने तलव सामाजिक काममा लगाउने बताउँदै आएका बुढाथोकीले यस अघि कोरोना रोकथाम तथा उद्धारमा ४ लाख ५० हजार जम्मा गरेको बताएका छन् ।
हालसम्म कोरोनाबाट सबैभन्दा धेरै बागचौर नगरपालिकाका नागरिकको मृत्यु भएको छ ।
यस्तै मेयरले ६० हजार पिस सर्जिकल मास्क, र ३ सय पिस एक एन ९५ मास्क खरिद गरेको बताएका छन् । बागचौर नगरपालिकालाई ४१ हजार २ सय ५० पिस मास्क, १ हजार ७ सय २८ पिस साबुन र स्यानिटाइजर उपलब्ध गराएको बताएका छन् । अन्य मास्क आवश्यकता अनुसार नगर र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई कोरोनाको समयमा अग्रभागमा रहेर काम गर्नेलाई प्रदान गर्ने बताएका छन् ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह