सल्यानमा कोरोनाबाट थप दुई जनाको मृत्यु
वैशाख २२,सल्यान
सल्यानमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।
बागचौर नगरपालिका वडा न २ चिल्ढाले निवासी ५२ वर्षीया महिलाको बुधबार विहान मृत्यु भएको छ । मंगलबार दिउँसो टाउको दुख्ने ज्वरो आउने भएपछि अस्पताल ल्याइएकी उनको चेक जाँच गर्दा कोरोनना पोजेटिभ देखिएको थियो । संक्रमितको अस्पतालको आइसोलेशनमा उपचारकै क्रममा बुधबार बिहान ७ः ४० मा मृत्यु भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
यस्तै शारदा नगरपालिका १ श्रीनगरका ७४ वर्षीय पुरुष मंगलबार राती मृत्यु भएको छ । खोकी र श्वास फेर्न गाह्रो भएपछि १६ गते राती अस्पताल भर्ना भएका संक्रमितको कोभिडका कारण निमोनिया भई मंगलबार राती मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भीमकान्त जैसीले बताए ।
यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार हालसम्म सल्यानमा एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ कोरोना संक्रमित रहेका छन् ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह