सल्यानमा सोलारको व्याट्री पड्किँदा दुई घर जलेर नष्ट
प्रकाश शर्मा, सल्यान
सल्यानमा सोलारको व्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएका छन् । जिल्लाको दार्मा गाउँपालिका ३ मगरखोलाका चन्द्र बहादुर रोकाहा र दुर्गा बहादुर रोकाहाको घर जलेर नष्ट भएको हो ।
सोमबार बिहान ११ बजेतिर चन्द्र बहादुर रोकाहाको घरमा रहेको सोलारको व्याट्री पड्किएको इलाका प्रहरी कार्यालय दार्माले जनाएको छ । आगलागीबाट दुवै घर जलेर नष्ट भएका छन् भने ३५ लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।
आगलागिबाट घरबाट खाद्यन्न, लत्ताकपडा, नगद र सुन जलेर नष्ट भएको पिडितले बताएका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दार्मा इन्चार्ज तेज बहादु बुढाले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
धेरैले पढेको