सल्यान त्रिबेणीका स्वास्थ्यकर्मीले लिए आधारभुत क्षमता अभिबृद्धि गर्ने तालिम
सल्यानको त्रिबेणी गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुका लागी सात दिने बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । गत चैत्र २२ गते देखी सुरु पोषण सम्बन्धि वृहत विषयबस्तुको एकीकृत प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धी व्यवहारमा परिवर्तन गरि ज्ञान सीपको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा सहभागी स्वास्थ्यकर्मीलाई प्रमाणपत्र र झोला वितरण गरिएको थियो । तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष मान बहादुर डांगीले तालिममा सिकेका कुरा स्वास्थ्यकर्मीले आ–आफ्नो कार्यक्षेत्रमा लागू गर्ने विश्वास ब्यक्त गर्नुभयो । पोषणको अवस्थामा सुधार गर्न स्वास्थ्यकर्मीले विशेष भुमिका खेल्नुपर्ने बताउँदै उनले कुपोषित हुन नदिन पूर्व योजनाहरू अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गाउँपालिकाले पहिलो चरणमा ८ गते देखी १४ गतेसम्म १४ जना र दोस्रो चरणमा ४ वटा स्वास्थ्य चौकी र २ वटा आधारभुत स्वास्थ्य केन्द्रका १४ जना गरि कुल २८ स्वास्थ्यकर्र्मीहरुले बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिममा सहभागी भएको श्रेष्ठले बताउनु भयो । तालिममा कुपोणको अवस्था, पोषिलो खानेकुराहरू, व्यवहार परिर्वतन,सरसफाइ, पोषणको अवस्था सुधारमा भावी कार्ययोजना लगायतका विषयमा प्रशिक्षण गराइएको स्वास्थ्य शाखाले जनाएको छ ।
साथै समापन कार्यक्रममा डिडिएस अन्तर्गत सुआहाराले त्रिबेणी गाउँपालिका भित्रका सबै स्वास्थ्य स्वंयसेविकालाई सेनिटाईजर र मास्क प्रदान गरिएको थियो ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।






