कोरोना संक्रमणबाट सल्यानका एक जनाको भारतमा मृत्यु

   
त्रिवेणी अनलाइन
२८ चैत्र २०७७, शनिबार ०९:२८ मा

सल्यानका एक युवकको कोरोनाका कारण मृत्यु भएको छ । रोजगारीको शिलशिलामा भारतको महाराष्ट्रमा पुगेका सल्यानका एक जनाको मृत्यु भएको हो ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न १ घाटगाउँका ३० वर्षीय लक्ष्मण वि.क.को भारतको महाराष्ट्को नासिकमा कोरोनाका कारण मृत्यु भएको छ । बिगत एक हप्ता देखि बिरामी परेका बिक बिहिवार राती नासिकको बिट हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
बि.क बिगत साढे दुई वर्ष देखि श्रीमती छोरी सहित नासिकमा बस्ने र छोरा भने नेपालमा नै बस्दै आइरहेको स्थानीय रिता वलीले जानकारी दिइन ।

तपाइँको प्रतिक्रिया