फलावाङमा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
चैत्र ५ सल्यान,
सल्यानको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा नि:शुल्क पशु स्वास्थ शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ फलावाङ स्थित पुरानो दरबारमा सन्चालन गरेको १ दिने निशुल्क पशु स्वास्थ्य शिविरमा १ सय ९३ कृषकहरुका १ हजार ७ सय ८८ बाख्रा, १हजार ३ सय ११ कुखुरा, ८४ वटा गाई गोरुलाई निशुल्क औषधि वितरण गरिएको थियो । यस्तै शिविरमा ६ सय ८९ वटा बाख्रालाई डिपिङ डे्न्चिङ गरिएको थियो । शिविरमा २ वटा बिरालो २० वटा कुकुरमा रेविज खोप लगाईएको थियो । २ वटा बहर, २२ वटा बोका सुमार्ने काम सम्पन्न भएको पशु सेवा शाखा लुहामका प्रमुख वसन्त रावतले जानकारी दिनुभयो ।
त्रिवेणी गाउँपालिका सल्यानको आयोजना भएको उक्त पशु स्वास्थ शिविरको उद्घाटन वडा नं. ४ का अध्यक्ष छबी राज शर्माले गर्नु भएको थियो भने शिविरको ब्यवस्थापन नमुना सामाजिक उद्यमी महिला सहकारी सस्थाले गरेको थियो ।
आफ्नै गाउँमा पशु शाखाले यसरी सेवा दिदा स्थानीयहरु खुसी भएका छन । अझै पनि यस्तै कृषकको हकहितका लागि काम गर्नुपर्नेमा जोड दिएका छन ।
प्राविधिबाट टाढा रहेका कृषकहरुलाई स्वस्थ्य पशु पालन गरी स्वच्छ पशुजन्य पदार्थ दुध, फुल र मासु उत्पादनमा प्राविधिक परामर्श दिई जन चेतना जगाउने र पशु सेवा शाखाको सेवालाई विस्तार गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको शाखा प्रमुख रावतले बताए । शिविरमा किसानहरुलाई पशुपंक्षीहरुमा लाग्ने रोग सम्बन्धी प्रवद्धधानात्मक ज्ञान दिने काम पनि भएको उनको भनाई छ ।
कार्यालयका अनुसार केही दिनमै वडा न १, ३ र ५ न वडामा डिपिङ डेन्चिङ लगायत परामर्श शिविर सञ्चालन गरिने छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह