त्रिबेणी गाउँपालिकाकोे सार्वजनिक सुनुवाई वडा नं २ काराँगिठीमा सम्पन्न ।
फाल्गुण २६, सल्यान
त्रिवेणि गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. २ को कार्यालय काराँगिठीमा सम्पन्न भएको छ । विहिबार गाउँपालिकाको वडा नं ४ को कार्यालयबाट भैरहेका सेवा प्रवाह भौतिक पुर्वाधार निर्माण, बजेट लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । जनताहरुलाइ सुशासनका प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो ।
आ.व. २०७७÷७८ मा वडाले गरेका विकास निर्माणका कामहरुको बारेमा वडासचिब ल रोकाले लोक बहादुर राम्जाले जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडाका जनताहरुको राखेका प्रश्नहरुको जवाफ संम्बन्धीत शाखा प्रमुख तथा गाउँपालिका अध्यक्षले दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले गाउँपालिकाको आ.व. २०७७÷७८ को कुल बजेट ४२ करोड ८८ लाख २२ हजार ७ सय २६ मध्ये ११ करोड ९८ लाख १९ हजार २ सय ९ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।
कार्यक्रममा जवाफदेही वक्ताको रुपमा योजना शाखाबाट पहलमान वलि, प्राविधिक शाखाबाट ईन्जिनियर शिबराज गोसाई, शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्य, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल, पशु शाखाबाट हुकुम राम्जा, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, त्रिबेणी गाउँपालिकाका वडा नं. ५ का अध्यक्ष डिल्ली बहादुर बोहोरा, गाउँकार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शिक्षक लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
त्रिबेणी गाउँपालिका सल्यानले आयोजना गरेको कार्यक्रममा सभाध्यक्ष तथा जवाफदेही बक्ताको रुपमा गाँउपालिका अध्यक्ष मानबहादुर डांगी रहनु भएको थियो । कार्यक्रममा कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबालले स्वागत मन्तव्यमा राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा
- त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट