बाघको छालासहित सल्यानका दुई जना दाङमा पक्राउ
प्रतिबन्धित बाघको छाला सहित दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सल्यान बागचौर नगरपालिका–९ का २९ वर्षीय सन्दिप डाँगी र शारदा नगरपालिका–१५ का ३७ वर्षीय ईन्द्र बहादुर थापा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मंगलवार विहान करिब २ बजेतिर प्रतिबन्धित बाघको छाला ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रकाबाट गएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुरउपमहानगरपालिका–४ गोठिखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालाले जानकारी दिए।
रा १ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले सोधपुछ गरी खानतलासी गर्दा झोलामा लुकाइ राखेको चार फिट ५ इञ्च लम्बाइ १ फिट चौडाइ भएको छाला बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको प्रहरीले जनाएको छ।
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन