त्रिवेणीका १ सय ३९ जनालाई कोरोना विरुद्धको खोप लगाईयो, गाउँपालिका अध्यक्षबाट सुरुवात

   
त्रिवेणी अनलाइन
५ फाल्गुन २०७७, बुधबार २१:३३ मा

सल्यानमा कोरोना भाईरस विरुद्धको खोप लगाउने द्रोस्रो चरणको अभियान सुरु गरिएको छ । जिल्ला अस्पताल सल्यानको आयोजनामा बुधबार त्रिवेणी गाउँपालिकामा कोरोना भाइरस विरुद्ध खोप लगाईएको थियो । गाउँपालिका भित्रका १ सय ३९ जनालाई कोरोना विरुद्धको खोप लगाईएको हो । त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष मान बहादुर डांगीलाई खोप लगाएर खोप कार्यक्रमको सुरुवात गरिएको थियो । जसमा महामारीको बेला अंग्रपंत्तीमा खटिएका गाउँपालिका भित्रका कर्मचारी, स्वास्थकर्मि, पत्रकार, समाजसेवी लगायत केही स्थानीयहरुलाई कोरोना विरुद्धको खोप लगाईएको स्वास्थ शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा खोप लगाउन छुटेकालाई यसपटक प्राथमिकतामा राखेर खोप लगाएको बताईएको छ । खोप अभियान फाल्गुन ८ गते सम्म चल्ने छ ।

तपाइँको प्रतिक्रिया
Array