खाना नबनाएको निहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
पोखरामा श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्।
आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका ३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
उनीहरू पर्वत जलजला गाउँपालिका ७ धाइरिङका हुन्। पोखरामा डेरा गरी बस्ने पुनले श्रीमतीलाई राति पौने ८ बजे बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ।
हरिमाया आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न गमबहादुरलाई पोखरा महानगरपालिका ३३ लामगादीबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।
खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको हमालले बताए।
उनीउपर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको हमालले बताए। मृतक हरिमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पोखरामा राखिएको छ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न