रुकुममा भिरबाट लडेर एकजनाको मृत्यु

   
त्रिवेणी अनलाइन
२० पुष २०७७, सोमबार १९:०० मा
[Sassy_Social_Share total_shares="ON"]

२० पुस, रुकुम पश्चिममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१४, स्थित हिलहाल्ने भिरबाट लडेर त्रिवेणी गाउँपालिका–१० का ५४ वर्षीय हरिबहादुर खड्काको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

तीन दिनदेखि बेपत्ता रहेका खड्कालाई आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी पुस १८ गतेदेखि बेपत्ता रहेका थिए । उनी भिरबाट करिब ३०० मिटर तल खसेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu