त्रिवेणी गाउँपालिकामा कोभिड १९ अस्थायी अस्पताल तथा आइसोलेशन सञ्चालन
सल्यानको त्रिबेणी गाउँपालिकामा निर्मित कोभिड अस्थायी अस्पतालको आज उद्घाटन गरिएको छ । त्रिबेणी स्वास्थ्य केन्द्र नजिकै स्थापित कोभिड–१९ अस्पताल पाँच शैयाको बनाइएको हो । अस्पतालमा एक जनस्वास्थ्य अधिकृत, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी रहने गाउँपालिका स्वास्थ्य शाखाका संयोजक प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष मान बहादुर डांगीले अस्पताल उद्घाटन गर्दै पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको जानकारी दिनुभयो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुनले सबैको सहयोगमा गाउँपालिकाले कोभिड संक्रमण रोकथाम गर्न क्वारेन्टिन, आइसोलेसन केन्द्र हुँदै अस्थायी कोभिड अस्पताल स्थापना गर्न सफल भएको बताउँदै कुनै बिरामीलाई औषधीपचार गर्न बाहिर जानु नपर्ने किसिमले गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।


तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







