पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
पाल्पा- गतराति पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको रैनादेवि छहरा गाउँपालिका वडा नम्वर-६ चहलासिमलस्थित भित्री कच्ची सडक खण्ड दमारबाट माईटोलतर्फ जाँदै गरेको लु ३ त ७१५६ नम्वरको ट्याक्टर अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खस्ता एक जनाको घटनास्थल मै ज्यान गएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी मदन गिरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–६ का १९ वर्षीय रमन भट्टराई हुन् । उनी त्यस ट्याक्टरका सहचालक थिए ।
घाइते हुनेहरुमा सोही स्थानका १६ वर्षीया रक्षा केसी, १५ वर्षीया सविक्षा केसी र १४ वर्षीय विकास रायमाझी रहेका छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
धेरैले पढेको