देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
३० कार्तिक दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका १ को नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार ४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको पहिचान भने खुलेको छैन । ठक्कर दिए लगत्तै भागेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुमित खड्काले जानकारी दिएका छन ।
विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी महिलालाई लमही अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






