सल्यानमा दाउरा प्रहार गरी भाइले गरे दाइको हत्या

   
त्रिवेणी अनलाइन
३० आश्विन २०७७, शुक्रबार १७:२० मा

सल्यानमा दाउरा प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौर जुगेन्द्रमा २० बर्षिय भाइ गेदलाल पुनले बिहिबार आफ्नै २४ बर्षिया दाइ अमर पुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

घर झगडा हुदाँ दाउराले हिर्काएर भाइले दाइको हत्या गरेको प्रहरीले जनाएको छ । घटना बिहिबार बेलुका ८ बजेको भएपनि प्रहरीलाई शुक्रबार १२ बजे मात्र जानकारी आएको प्रहरी प्रमुख गोबिन्द थापा क्षेत्रीले जानकारी दिए ।  साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैँको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अबस्थामा शुक्रबार मात्र भेटिएको बताए  ।

घटनाका बारेमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरी प्रमुख थापा क्षेत्रिले बताए । दाईको हत्या गरी भाई फरार रहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array