घरमै पुगेर सुत्केरीलाई स्वास्थ्य सेवा दिदै त्रिबेणी गाउँपालिका
असोज १२ सल्यान,
सल्यानको त्रिबेणी गाउँपालिकाले जिल्लामै पहिलोपटक सुत्केरी घरभेट कार्यक्रम सुरु गरेको छ । मातृशिशु मृत्युदर कम गर्न सुत्केरी महिलाको घरमै पुगेर सेवा दिन थालेको छ । नवजात शिशु र आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सुत्केरी महिलाको घरमै पुगेर उनीहरुको स्वास्थ्य अवस्था जाँचबुझ गर्न गाउँपालिका लागि परेको हो । जस अन्तर्गत गाउँपालिका भित्रका ६ वटा वडाका महिलाहरुले सेवा लिईरहेका छन् ।
भुगोलको हिसाबले पिछडिएको सल्यान जिल्लाका महिलाले सुत्केरी भएको ३ दिन र ७ दिनमा जाँच गराउन स्वास्थ्य चौकी जानुपर्ने बाध्यता छ । त्यसमा पनि कोरोना महामारीका बेला सुत्केरी महिला र शिशुमा संक्रमणको झनै जोखिम छ । यस्तो अवस्थामा कतिपय सुत्केरी महिला संक्रमणको डरले अस्पताल नै नगई बस्ने गरेका छन । तर सल्यानको त्रिवेणी गाउँपालिकाले सुत्केरी महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै घरघरमा पुगि स्वास्थ्य सेवा दिन थालेको छ । संक्रमणकै बेला अस्पताल जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँपालिकाले घरमै पुगेर सुत्केरी जाँच सेवा दिन थालेको स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीसंगै महिला स्वास्थ्य स्वयंमसेविका घरमै आएर स्वास्थ्य जाँच गर्दा यहाँका सुत्केरी महिलाहरु खुशी बनेका छन ।
गाउँपालिकाले घरमै गएर सुत्केरी महिलाको स्वास्थ्य जाँच गर्न थालेदेखि यहाँका महिलामा स्वास्थ्य अवस्थाप्रतिको डर, त्रास पनि कम भएको छ त्रिबेणी ४ फलाबाङकी शुसिला रोका बताउछिन । महिलाहरु स्वास्थ्य भएपछि त्यसले मातृ तथा शिशु मृत्युदर घटाउने गाउँपालिको विश्वास छ । गुणस्तरिय स्वास्थ्य सेवा प्रदान उदेश्यले सुत्केरी महिलाको घरमै पुगि स्वास्थ्य सेवा दिने कार्यक्रम संचालन गरिएको त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डांगीले बताउनु भयो ।
स्वास्थ्य सेवा विशेषगरी शहर र काठमाडौं केन्द्रीत रहँदा दुर्गमका महिलाहरु प्रशव बेदना सहदा सहदै उपचार नपाएर ज्यान गुमाइरहेको अवस्थामा यस्ता कार्यक्रम बढी प्रभावकारी देखिएका छन् ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह