बाफुखोलाका बाढीपहिरो पिडितलाई मन्त्री ज्वालाद्धारा राहत सामाग्री हस्तान्तरण
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानको बागचौर नगरपालिका १२ बाफुखोलाका बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको छ । कर्णाली प्रदेश सरकारको तर्फबाट अर्थ मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

गत भदौ ३ गते राति आएको बाढीपहिरोले यहाँका केही परिवार घरवार बिहिन भएका छन् भने दर्जनौँ घर जोखिममा परेका छन् । आईतवार बाढीपहिरोले क्षती भएको क्षेत्र बाफुखोलामा पुगेर ज्वाला र शर्माले बाढीपहिरो पीडितको लागी राहत सामाग्री बागचौर नगरपालिका १२ का वडाअध्यक्ष दिपक वलीलाई हस्तान्तरण गर्नु भएको हो ।

राहत लिएर बाफुखोला पुग्नु भएका मन्त्री ज्वालाले जनताको सुखमा मात्रै नभएर दुखमा पनि प्रदेश सरकार रहेको बताउनुभएको छ । कोरोना भाइरस, सलह किराले आक्रान्त बनाएको अबस्थामा फेरी बाढीपहिरोले झन् समस्या थपिदिएको बताउदैँ मन्त्री ज्वालाले पिडित परिवारका समस्या बुझ्न र पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्न आफु बाफुखोला आएको बताउनुभएको हो ।
दार्मा गाउँपालिकाद्धारा राहत हस्तान्तरण
सल्यानको दार्मा गाउपालिकाले पनि बागचौर नगरपालिका १२ बाफुखोलाका बाढीपहिरो पिडित परिवारको लागी राहत सामाग्री हस्तान्तरण गरेको छ । बाफुखोलामा पुगेर गाउपालिका अध्यक्ष निम बहादुर केसीले चामल, तेल, नुन, कम्बल, साबुन लगाएतका सामाग्री हस्तान्तरण गर्नुभएको थियो । छिमेकी स्थानिय तहमा बिपत्ती परेको अबस्थामा भाइचारको सन्देश दिदैँ गाउपालिकाले सक्दो सहयोग गरेको उहाँको भनाई छ ।

- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







