सल्यानमा पहिराले तीन घरपरिवार विस्थापित ,३० घर उच्च जोखिममा
प्रकाश शर्मा साउन २८, सल्यान
अविरल वर्षा पछि आएका पहिरोले सल्यानका तीन घर विस्थापित भएका छन् । पहिराले ३० घर र तीन विद्यालय पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्लाको दार्मा गाउँपालिका वडा न ६ का टिके कामी, विमला बुढाथोकी र वडा न ४ का निराजन विकको परिवार विस्थापित भएका छन् । २५ गते राती आएको पहिरोले तीन घर पूर्ण रुपमा क्षति पुगेको हो ।
विस्थापित सबैलाई सुरक्षित स्थानमा राखिएको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर केसीले बताए । पहिरोले वडा न ४ का २, वडा न ६ का ४, वडा न ५ का १, वडा न २ को १ र वडा न १ को १ घर गरी ९ घरमा क्षति पु¥याएको उनको भनाई छ । ९ घरमा क्षति पु¥याए पनि तीन घर भने बस्न नमिल्नेगरी क्षति पुगेको केसीको भनाई छ ।

यस्तै पहिरोले गाउँपालिकाका विभिन्न वडाका ३० भन्दा बढी घर र तीन विद्यालय पहिरोको उच्च जोखिममा रहेका छन् । सडक छेउमा रहेका प्राय घरहरु उच्च जोखिममा रहेका अध्यक्ष केसीले बताए । पहिरोले भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको केसीले बताए ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







