दाङबाट रुकुम जाँदै गरेको ट्रक साततलेमा दुर्घटना ४ जना घाइते
साउन २४, सल्यान । दाङ तुलसीपुर देखि खाद्यान्न लिएर रुकुम जाँदै गरेको ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । शनिवार बिहान ५ बजेतिर लु १ ख ४३६६ नम्वरको ट्रक राप्ती राजमार्ग तुलसीपुर उपमहानगरपालिका ४ सात तलेस्थित खोलाको पुलबाट तल खसेको हो ।
दूर्घटनामा परि ट्रकका चालक तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ निवासी ३१ बर्षीय गणेश विक, सोही ठाउँ निवासी ३२ बर्षीय इश्वर चन्द, ४० बर्षीय नातिराम चौधरी र ट्रकका सहचालक सल्यान बागचौर नगरपालिका निवासी २१ बर्षीय रोषण सुनार घाइते भएका छन् ।
घाइते मध्य चन्द र सुनारको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। घाइते सबैलाई उद्धार गरि बिहान साढे ७ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याएर प्रारम्भीक उपचार पछि तत्कालै थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







