सल्यानमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु, एक जना घाईते
२५ असार, सल्यान :
सल्यानकाे दार्मा गाउँपालिका ४ सरसुखोलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे घटनास्थलमै ज्यान गएकाे छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहिवार बिहान कुमाख गाउँपालिका ५ नेटाबाट रुकुम चौरजहरी जाँदै गरेकाे रा १ त ४३८७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर धनी कुमाख ५ झारकाँडाका तिलक थापाकाे मृत्यु भएकाे हाे ।
दुर्घटनामा परि साेही ठाउँका सहचालक गम्भीर घाइते भएका छन् । गाडी धनीले ट्याक्टर भर्खर मात्र चलाउँदै गरेकाे र राती चलाएकाेले निद्राले च्यापेकाे हुँदा दुर्घटना भएकाे बुझिएकाे छ ।घटना स्थलमा भर्खरै इप्रका रागेचाैर र दार्माबाट प्रहरी टाेली पुगेकाे छ ।घटनाबारे थप बिवरण आउन बाकी रहेको छ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







