सल्यानमा कोरोना संक्रमितको संख्या २२३ पुग्यो
सल्यानमा मंगलबार थप सात जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्जमा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा त्रिवेणी गाउँपालिकाका ३, कपुरकोट गाउँपालिकाका १, शारदा नगरपालिकाका १ र बनगाड कुपिण्डे नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
मंगलबार सात जना थपिएसँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ । बनगाड कुपिण्डे नगरपालिका वडा न ५ का १५ वर्षिय पुरुष र वडा न ७ का ३२ वर्षीय पुरुष रहेका छन् ।
कार्यालयका अनुसार शारदा नगरपालिकामा ४, बागचौर नगरपालिकाका ११, बनगाड कुपिण्डे नगरपालिकाका १५१, कुमाख गाउँपालिकाका २६, सिद्ध कुमाख गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै त्रिवेणी गाउँपालिकामा ८, कपुरकोट गाउँपालिकामा २, दार्मा गाउँपालिकामा १५र जिल्ला अस्पताल सल्यानमा १ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि भएका मध्ये मंगलबारसम्म १ सय ५८ जना निको भएर घर फर्किसकेका छन् ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।