सल्यानमा ८४ जना कोरोना संक्रमित उचारपछि निको भएर घर फर्किए
११ असार, सल्यान
सल्यानमा ८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् , जस मध्ये ४ जना महिला रहेका छन। जिल्लाको सदरमुकाम खलंगा स्थित सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका ८४ को उपचार पश्चात डिस्चार्ज गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
जसमा बन्गाड कुपिण्डे नगरपालिकाका १ महिला सहित ५८ जना, बागचौर नगरपालिकाका १ जना महिला सहित ९ जना, त्रिबेणी गाउपालिकाका ५ जना, सिद्ध कुमाख गाउपालिकाका १ जना महिला सहित ३ जना, कुमाख गाउपालिकाका ३ जना, दार्मा गाउपालिकाका ३ जना, कालीमाटी गाउपालिकाका १ जना महिला सहित २ जना र कपुरकोट गाउपालिकाका १ जना रहेका छन् ।
पछिल्लो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । यससँगै सल्यानमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १ सय ५० पुगेको उनको भनाई छ । जसमा लुहापिङ आइसोलेसनबाट १ सय २० जना, सल्यान अस्पतालबाट ८ जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र चौरजहारी मिसन अस्पतालबाट ९ जना गरी १ सय ५० जना घर फर्किएका हुन् ।
जिल्लामा भेटिएका १ सय ७३ कोरोना संक्रमित मध्ये स्वास्थ्यकर्मी सहित २३ जना आइसोलेसनमा रहेका छन् । जसमा लुहापिङ आइसोलेसनमा १२ जना, सल्यान अस्पतालमा ५ जना, बन्गाड आइसोलेसनमा ४ जना र चौरजहारी आइसोलेसनमा २ जना रहेका छन ।
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री
- त्रिवेणीमा नेपाल निजामती कर्मचारी युनियन गठन
- समाजका लागि काम गर्नुपर्छ जन्मप्रति पश्चाताप हैन: अध्यक्ष रावत
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा