रोल्पामा ३ जनामा संक्रमण : संक्रमितको संख्या ४४ पुग्यो
रोल्पामा आइतबार ३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट १ महिलासहित ३ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितसहित जिल्लामा संक्रमितको संख्या ४४ पुगेको छ ।
आइतबार दिउँसो २ बजे अस्तालले जारी गरेको सूचना अनुसार सुनिलस्मृति गाउँपालिकाको वडा नं. ४ र ७ का तीन जनामा कोरोना संक्रमण देखिएको हो । सुनिलस्मृति गाउँपालिका–४ का २० वर्षीय पुरुष, वडा नं. ७ का २१ वर्षीय पुरुष र २५ वर्षीया महिलामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । यसअघि सुनिलस्मृति गाउँपालिकामा ३२ जना संक्रमित फेला परेका थिए । योसहित गाउँपालिकामा संक्रमितको संख्या ३५ पुगेको छ । संक्रमितमा ३ महिला र ३२ पुरुष रहेका गाउँपालिका स्वास्थ्य शाखाकी संहसंयोजक सावित्रा थापाले जानकारी दिइन् ।
जिल्ला आइलोसेन केन्द्रका इन्चार्ज डा. अनिल केसीका अनुसार ६ महिनाकी गर्भवती महिलासहित ४० जना कोरोना संक्रमित आइसोलेसन केन्द्रमा छन् । एक संक्रमित बालक सुनिलस्मृति गाउँपालिकाको सूर्योदय विद्यालयको क्वारेन्टाइनमै छन् । आइतबार संक्रमित पहिचान भएकालाई पनि सदरमुकाम लिबाङको जलजला क्याम्पसमा संचालन भइरहेको आइसोलेन केन्द्र ल्याउने तयारी भइरहेको छ ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा