कस्तो मास्क बढी सुरक्षित ?

   
त्रिवेणी अनलाइन
५ असार २०७७, शुक्रबार ०७:५२ मा
[Sassy_Social_Share total_shares="ON"]

कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग अनिवार्य मानिएको छ । भाइरस मुखसम्म पुगेर संक्रमण हुन नदिन मास्कको प्रयोग गर्नुपर्छ । कोभिड–१९ महामारीसँगै मास्कयुक्त विश्वको कल्पना गर्न थालिएको छ । – तर, संक्रमण फैलिन नदिन मास्क प्रयोग गरेर मात्र हुँदैन, गुणस्तरमा पनि ध्यान दिनुपर्छ । स्वास्थ्यविज्ञले मास्कलाई सुरक्षाका आधारमा वर्गीकरण गरेका छन् ।

– एन–९५ मास्क सबैभन्दा सुरक्षित मानिन्छ । तर, यो मास्क महँगो पर्छ । त्यसैले यो आमसर्वसाधारणले भन्दा स्वास्थ्यकर्मी र संक्रमणको उच्च जोखिममा रहने व्यक्तिले प्रयोग गर्छन् ।

– एन–९५ मास्कलाई लामो समय प्रयोग गर्न पनि सकिन्छ । तर, त्यसरी प्रयोग गर्दा अन्य प्रकारका संक्रमणको जोखिम पनि नभएको होइन ।

– त्यसैले चिकित्सकले सर्जिकल मास्क प्रयोगका लागि सर्वसाधारणलाई प्रेरित गरेका छन् । सस्तो र सहज उपलब्ध हुने भएकाले सर्जिकल मास्क संक्रमणबाट बच्ने अर्काे विकल्प हो ।

– कतिपय सर्जिकल मास्क सफा गरेर पुनः प्रयोग पनि गर्न मिल्छ । तर, सर्जिकल मास्कमा दुई पत्र अनिवार्य हुनुपर्छ । एउटै मात्र तह भएको मास्क भाइरस संक्रमण रोक्न प्रभावकारी मानिदैन ।

– अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले संक्रमण नियन्त्रणका लागि अनिवार्य मुख छोपेर हिँड्न सुझाएको छ । अर्थात्, कपडाको मास्क पनि भाइरस रोक्न प्रभावकारी हुन्छ ।

– विज्ञहरूले मास्कको बाहिरी भाग कडा हुनुपर्ने बताएका छन् । अर्थात्, भाइरस मुखमा पस्नबाट बचाउने खालको मास्क मात्र सुरक्षित हुने उनीहरूको सुझाब छ ।

– मास्क प्रयोग गर्नुअघि र खोलिसकेपछि अनिवार्य साबुनपानी वा सेनिटाइजरले हात सफा गर्नुपर्छ । मास्क नाक, मुख छोपिने गरी लगाउनुपर्छ । बीचबीचमा मास्क छुने, निकाल्ने, लगाउने गर्नु हुँदैन ।

– व्यावसायिक हिसाबले उपलब्ध मास्क प्लास्टिकको तहबाट बनेका हुन्छन् । र, एकचोटि मात्रै प्रयोग गर्न मिल्ने खालका छन् । त्यस्ता मास्कले पर्यावरणमा प्रदूषण गराउने वातावरणविद्हरूको भनाइ छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu