सल्यानमा झन्डै ३ अर्ब बजेट बिनियोजन

   
त्रिवेणी अनलाइन
१६ जेष्ठ २०७७, शुक्रबार १९:१९ मा
[Sassy_Social_Share total_shares="ON"]

जेठ १६, सल्यान
सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि बिहिबार प्रस्तुत गरेको बजेटमा सल्यानका दश स्थानीयमा झन्डै तीन अर्व विनियोजन भएको छ । बिहिबार सार्वजनिक गरिएको बजेटमा सल्यानका लागि २ अर्व ९७ करोड ८४ लाख विनियोजन गरिएको छ । 


तीन नगरपालिकामा १ अर्व १६ करोड ७ लाख र सात गाउँपालिकामा १ अर्व ८१ करोड ७७ लाख बजेट विनियोजन भएको छ । नगरपालिकामा सबैभन्दा धेरै बागचौर नगरपालिकामा ४१ करोड २९ लाख विनियोजन भएको छ । यस्तै शारदा नगरपालिकामा ३९ करोड १८ लाख बनगाड कुपिण्डे नगरपालिकामा ३५ करोड ५० लाख विनियोजन भएको छ । 


गाउँपालिका तहमा सबैभन्दा धेरै बजेट छत्रेश्वरी गाउँपालिकामा ३० करोड ४२ लाख विनियोजन भएको छ । कपुरकोट गाउँपालिकामा २१ करोड ३४ लाख, कालिमाटी गाउँपालिकामा २८ लाख ६ लाख, कुमाख गाउँपालिकामा २९ करोड ७७ लाख रहेको छ । 


यस्तै सिद्ध कुमाख गाउँपालिकामा १९ करोड ५० लाख, त्रिवेणी गाउँपालिकामा २७ करोड ६८ लाख र दार्मा गाउँपालिकामा २५ करोड बजेट विनियोजन भएको छ । 

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu