दाङ–सल्यान सिमा नाकामा सुरक्षाकर्मी र स्थानिय यूवा परिचालन
कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएको बेला सल्यान भित्रिने नाकामा थप कडाई गरिएको छ । प्रदेश नम्बर पाँचमा पर्ने दाङ सहितका बिभिन्न जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सल्यान भित्रिने बिभिन्न नाकाहरुमा थप कडाई गरिएको छ ।

मान्छेहरुको ओहोरदोहार गर्दा कोरोना भाइरस संक्रमण फैलने सम्भावना बढी भएकाले सबै नाकाहरुमा थप सुरक्षाकर्मी सहित कडाई गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेर सबै नाकाहरुमा थप कडाई गरिएको जानकारी दिनुभएको छ । ‘हामीले सबै नाकाहरु बन्द गरेका छौँ’ उहाँले भन्नुभयो ।
सुरक्षा निकाय सँगै अहिले स्थानिय यूवाहरु समेत सिमा नाकामा कडाईका लागी परिचालन भएका छन् । सुरक्षा निकायहरुको सँगै स्वयम्सेवी रुपमा काम गर्नको लागी सिमा नाकामा खटिएको त्रिबेणी गाउपालिकाका समाजसेबी डिल्ली राज खड्काले बताउनुभयो । अहिले गोगने गैरीकटेरीका यूवाहरु दाङ सल्यानको सिमा क्षेत्र गैरीकटेरी डाँडा, करेलेचौर, कालापोखरा, हासेपोखरा सिमा नाकामा खटिएको उहाँले जानकारी दिनुभयो ।
बिशेषतः काफल खान दाङबाट सल्यान आउनेहरु धेरै भएको स्थानियको भनाई छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी सरकारले जारी गरेको लकडाउनको उलंघन गर्दै अहिले दैनिक ३ सय जना मान्छेहरु काफल खान लगाएतका कामले सल्यान प्रवेशका लागी आउने गरेका छन् । उनीहरु सबैलाई सम्झाई बुझाई गर्दै दाङ फिर्ता गर्दै आईएको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन