बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

   
त्रिवेणी अनलाइन
५ जेष्ठ २०७७, सोमबार १८:२१ मा

५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।

तपाइँको प्रतिक्रिया
Array