मन्त्री ज्वालाद्धारा सल्यान अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
सल्यान २७, बैशाख ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जिल्ला अस्पताल सल्यानलाई अत्याबश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । कोरोना भाइरस कोभिड १९ नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्धेश्यले आज शनीवार मन्त्री ज्वालाले स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा। अर्जुन कुमार बुढालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
मन्त्री प्रकाश ज्वालाले जिल्ला अस्पताल सल्यानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु हुदै
जसमा पिपिई सेट ४० थान, फेस शिल्ड ४० थान, थर्मल गन २ थान, थर्मामिटर १० थान र एन ९५ मास्क २४ थान रहेका छन् । जिल्ला अस्पतालका साथै आवश्यकता अनुसार प्राथामिक स्वास्थ्य केन्द्रहरु तथा पालिकास्थित स्वास्थ्य संस्थाहरुलाई समेत उपलब्ध गराउने गरी जिल्ला अस्पताल सल्यानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
कोरोना भाइरसको जोखिमबाट नागरिकलाई सुरक्षित राख्न स्वास्थ्य सामाग्रीको आबश्यकता पर्ने भएकाले सो आबश्यतालाई थोरै भएपनि सम्बोधन गर्नका लागी केही अत्याबश्यकिय स्वास्थ्य सामाग्री सल्यान अस्पताललाई उपलब्ध गराईएको मन्त्री ज्वालाको भनाई छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह