सल्यानमा ९ सय ९८ जनाको आरडिटी, ४६ जनाको पीसीआर परीक्षण

   
त्रिवेणी अनलाइन
२७ बैशाख २०७७, शनिबार ०७:५२ मा

वैशाख २७,सल्यान
सल्यानमा हालसम्म ९ सय ९८ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट आरडिटी परीक्षण गरिएको छ ।
भारत तथा तेस्रो मुलुकबाट आएका सर्वसाधारणहरुको आरडिटी परीक्षण गरिएको छ । परीक्षण गरिएका सबकोै रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
स्थानीय तहहरुले निमार्ण गरेका क्वारेनटाइनमा बसी रहेका सर्वसाधारणलाई क्वारेनटाइनमा नै पुगेर आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा। अजुर्न बुढाले बताए ।
यस्तै ४६ जनाको पीसीआर परीक्षण गरिएको छ । ४५ जनाको रिर्पोट नेगेटिभ आएको छ भने एक जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख डा. बुढाले बताए ।
सल्यानमा अहिले झन्डै ९ सय सैयाको क्वारेनटाइन निमार्ण गरिएको छ ।

किटको अभाव
सल्यानमा कोरोना परीक्षण गर्ने किटको अभाव भएको छ । कोभिड १९ को संक्रमण भए नभएको पत्ता लगाउन पीसिआर परीक्षणका लागि आवश्यक पर्ने भिटिएम र आरडीटिको अभाएको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आरडिटी परीक्षणका लागि आवश्यक किटको अभाव हुँदा स्वास्थ्य परीक्षणमा समस्या भएको प्रमुख डा. बुढाको भनाई छ । आरडिटी किट २ हजार र भिटिएम किट २ सयको माग गरिएको उनको भनाई छ । किटको माग गरिएको भएपनि हालसम्म उपलब्ध हुन नसकेको उनले बताए ।

तपाइँको प्रतिक्रिया
Array