बेवारिसे बम पड्किँदा रोल्पामा ४ बालबालिकाको ज्यान गयो
बाख्रा चराउन गएको बेला बेवारिसे बम हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरिगाउँमा ४ बालबालिकाको ज्यान गएको छ ।
विस्फोटमा परेर ज्यान गुमाउनेमा गैरिगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसीसहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपाली रहेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष् ाशान्तकुमार ओलीले जानकारी दिनुभयो ।
विस्फोट भएको बम सशस्त्र द्वन्द्वको बेला जंगलमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाका बारेमा बुझ्न प्रहरी चौकी नुवागाउँको टोली त्यहाँ पुगेको छ भने जिल्लाप्रहरी कार्यालयबाट पनि प्रहरी प्रमुखसहितको टोली गइरहेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
Source : Ujaayalo online
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको