सल्यानको कपुरकोटमा ५० जनाको आरडिटी रिपोर्ट नेगेटिभ
सल्यान, १८ बैशाख ।
५० जनाको ¥यापिड डाईग्नोष्टीक (आरडीटी) गर्दा सल्यान कपुरकोटमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरूण दाहालले जानकारी दिए ।
नेपालका विभिन्न जिल्लाबाट आएका ४५ जना पुरूष र ५ जना महिलामा ¥यापिड टेष्ट गरिएको थियो । भक्तपुर, ललितपुर, काठमाडौँ, लमजुङ, बाग्लुङ, पोखरा, धादिङ लगायतका जिल्लाबाट आएका नागरिकहरूको आरडीटी गरिएको थियो ।
यस अघि ११ जनाको पिसिआर र ३६ जनाको ¥यापिड टेष्ट गरिएको थियो । उनीहरू पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो । स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर दिक्षान्त मल्ल र ल्याव टेक्निसियन अफिसर भिम रोकाको टोली कपुरकोट आएर कोरोना पत्ता लगाउन बुधबार ¥यापिड डाईग्नोष्टिक टेष्ट गरेको हो ।

विभिन्न स्थानबाट आएका समूहका ब्यक्तिहरूको प्रतिनिधिमूलक तरिकाले ¥यापिड टेष्ट गरिएको गाउँपालिकाले जनाएको छ । परिक्षण पश्चात् गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले सबैको रिपोर्ट नेगेटिभ आएको हुँदा विद्यालय तथा वन भवनमा बस्दै आएकाहरूलाई घर पठाउने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले घरमा पनि छुट्टै होम क्वारेन्टाईनको रूपमा बस्न अनुरोध गरे । सामाजिक दूरी कायम राख्न, सरसफाईमा ध्यान दिन र होम क्वारेन्टाईनमा बस्न उनले आग्रह गरेका हुन् ।

गाउँपालिकामा हालै मात्रै विभिन्न जिल्लाबाट आएका ८ सय ७९ जना घर नगएर विद्यालय र वन भवनमा राखिएको थियो ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।