रोल्पामा ६२ वर्षीय पुरूषको क्वारेन्टिनमा मृत्यु

   
त्रिवेणी अनलाइन
१६ बैशाख २०७७, मंगलवार १६:२२ मा

रोल्पामा क्वारेन्टिनमा बसेको एक जनाको मृत्यु भएको छ।

रोल्पाको माडी गाउँपालिका वडा नं. २ निवासी ६२ वर्षीय एक जना पुरूषको सोमवार राति ११ बजेतिर मृत्यु भएको हो।

रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोरोना फोकल पर्सन रामबहादुर केसीले मृतकको स्वाब परीक्षणको लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिए।

‘स्वाब आज दाङ पठाएका छौं,भोलिसम्म रिपोर्ट आउला,’ केसीले भने।

उनी वैशाख १२ गते लकडाउन खुकुलु भएको समयमा काठामडौंबाट रोल्पा छोरासँगै आएको जानकारी दिइएको छ।

Source : Setopati

तपाइँको प्रतिक्रिया
Array