रुकुममा १० दिनमै बन्यो सुविधा सम्पन्न अस्पताल
रुकुममा १० दिनमा ८ कोठाको अस्पताल (आइसोलेसन भवन) निर्माण भएको छ । रुकुमको आठबिसकोट नगरपालिकामा सबै सुविधासहितको ८ कोठको अस्पताल निर्माण भएको हो । श्रम सहकारीले निर्माण गरेको उक्त अस्पताल तत्काल प्रयोगमा आउँदैछ । पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्माले अस्पताल निर्माणको काम १० दिनमै सकिएको जानकारी दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी विरुद्दको अभियानलाई मध्यनजर गरी निर्माण गरिएको उक्त अस्पताल निर्माणका लागि नेता शर्माको नेतृत्वमा समेत टोली खटिएको थियो । अस्पताल निर्माणको काम सम्पन्न भएलगत्तै नेता शर्माले अभियानमा खट्ने जनता, पार्टी कार्यकर्ता र नगरपालिकालाई बधाई दिएका छन् । उनले भनेका छन्– ‘हामी पनि सक्नुपर्छ र सक्छौं । जनता नै शक्तिका श्रोत हुन्, सबै कुरा जनताबाट सिंकौ ।’
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







