अलपत्र ३ सय नागरिकको युवाहरुले गरे निशुल्क उद्धार
वैशाख ११, सल्यान
रोजगारी तथा व्यवसायका लागि काठमाण्डौ लगायत विभिन्न जिल्ला पुगेका नागरिकहरुलाई सल्यान ल्याइएको छ । लकडाउनका कारण घर जना नपाएका ३ सय बढी नागरिकहरुको उद्दार गरी सल्यान ल्याइएको हो ।

काठमाडौसहित देशका विभिन्न स्थानमा रहेका ३ सय बढी नागरिकहरुलाई युवा नेता ऋषिकेश जङ्ग शाहको नेतृत्वमा उद्दार गरिएको हो । जिल्लाको शारदा नगरपालिका, युवा अभियन्ता प्रनेश जङ्ग शाह, कल्पदिप राई लगायतका सहयोगी निकायको प्रयासमा उनिहरुलाई उद्दार गरिएको हो ।

काठमाडौसहित, धादिङ्ग, पोखरा, लमजुङ्ग लगायतका स्थानबाट समस्यामा परेका मजदुर तथा सर्वसाधारणको उद्दार गरिएको हो । उद्दारका नाममा पछिल्लो समय अत्याधिक भाडा असुलेका घटनाहरु बाहिर आईरहदा निस्शुल्क जिल्ला फर्कन पाएपछी सर्वसाधारण पनि खुशी बनेका छन ।
घर फर्किएका सबैलाई क्वारेनटाइन, सामुदायिक क्वारेनटाइन र होम क्वारेनटाइनमा राखिएको छ । जिल्लाको दशवटै स्थानीय तहहरुले भारत, तथा अन्तरजिल्लाबाट आएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने, तथा क्वारेनटाइनमा राख्ने काम गर्दै आइरहेका छन् । कामको शिलशिलामा विभिन्न जिल्लाबाट घर फर्किएका व्यक्तिहरुलाई क्वारेनटाइनमा राखी रहेको शारदा नगरपालिका सल्यानका मेयर सुरेश अधिकारीले बताए ।

- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







