सल्यानमा घाँटीमा मासु अड्कीएर एक झाक्रीको मृत्यू

   
त्रिवेणी अनलाइन
७ बैशाख २०७७, आईतवार १५:५१ मा

बैशाख ७, सल्यान । घाँटीमा मासु अड्किएर सल्यानमा एक जना झाँक्रीको मृत्त्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ का ६९ बर्षिय देवीलाल कामीको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

शनिबार राती सोही वडाको सल्यानचौर स्थित स्थानीय बालाराम कवरको घरमा धामी झाँक्री गर्न गएका उनको आइतवार बिहान तीन बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्कीएको थियो ।

कवरको घरमा बिरामीलाई निको बनाउन झाँक्री बसेपछि राति बाख्रो काटिएको थियोे । राति ३ बजे रोटी सँग मासु खाँदै गर्दा घाँटीमा मासु अड्किएको र स्थानीयले जिल्ला अस्पताल सल्यानमा ल्याउदा बिहान ७ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका इनिस्पेक्टर उमाकान्त जैशीले बताए ।

कामीको शव पोष्टमार्टम गरेर घरपरिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

फाईल फोटो

तपाइँको प्रतिक्रिया
Array